Untitled Document
गृह पृष्ठ | हाम्रो बारेमा | विधान | तपाईको प्रतिक्रिया | Admin 
 
Untitled Document
नेपाली जनसम्पर्क समिति, संयुक्त अधिराज्य

नंया विधान

http://npccuk.org/bidhan.pdf

 
नेपाली कांग्रेस
नेपाली कांग्रेस केन्द्र
नेकपा माओबादी
राप्रपा नेपाल
ईमेल
नेपाली जनसंपर्क समिती America
निर्वाचन प्रकृया
मतदाता नामावली
उम्मेद्धवारी दर्ता फारम
उम्मेद्धवारी फिर्ता फारम
निर्वाचन तालिका
निर्वाचन नियमावली
नेपाली काङ्रेसका सभापति
कृष्ण प्रसाद भट्टराई
गिरीजा प्रसाद कोइराला
न्यूज गतिविधि
दलहरुको अनिर्णायक बहस
राष्ट्रपति
 
AboutUs

नेपाली जनसम्पर्क समिति, संयुक्त अधिराज्यको विधान २०६३
संयुक्त अधिराज्य र नेपालबीचको मैत्रीपूर्ण सम्बन्ध वाट संयुक्त अधिराज्यका विभिन्न स्थानमा शिक्षा, रोजगारी एवं अन्य पेशा ब्यवसाय गरि बसिरहेका समस्त नेपाली जनतालाई नेपालको राष्ट्रियता, प्रजातन्त्र एवं समाजवादको सूत्रमा आबद्घ गराई नेपालको बेलायत संगको असल सम्बन्धलाई अझ बढी मजबुत बनाउदै बेलायतमा वसोवास गरिरहेका नेपालीहरुका ब्यक्तिगत तथा सामुहिक हितका साथै नेपालमा लोकतन्त्र, मानवअधिकार, शान्ति र नेपालीहरुको समुउन्नती -आर्थिक र सामाजिक­) मा बेलायतवाट सहयोग पुर्याउने मुख्य उद्धेश्यले  नेपाली कांग्रेस पार्टी प्रवक्ता श्री अर्जुन नरसिं के सि. को उपस्थितिमा २०५९ - २२ फेब्रुवरी, २००३ ) लण्डनमा यस नेपाली जनसम्पर्क समिति, बेलायतको स्थापना गरिएकेा, नेपाली जनसम्पर्क समिति, बेलायतको प्रथम अधिवेशन नेपाली कांग्रेस उपसभापति श्री शुसिल कोइरालाको उपस्थितिमा भएकोमा गर्व गर्दै,

१.  नेपाली कांग्रेस पार्टीले अागाल्दै आएको नेपालको राष्ट्र, राष्ट्रियता, प्रजातन्त्र र समाजवादका सिद्धान्तलाई आत्मासात गरि राष्ट्र निर्माणको कार्यमा महान नेपाली सपूत समाज सुधारक महामानव स्वर्गीय श्री विश्वेश्वरप्रसाद कोइरालाज्यूबाट प्रदिपादित आदर्श, सिद्धान्त एवंं मार्गदर्शनको अनुशरण गर्दै प्रवासी नेपालीहरूबाट हरेक प्रकारलेे नेपालको लोकतान्त्रिक आन्दोलन र बिकासमा सहयोग पुर्याई संयूक्त अधिराज्यमा नेपाली कांग्रेस को सम्पर्क संस्था भै काम गर्ने ।
२.   प्रवासी नेपाली नागरिकहरूलाई आइपर्ने कुनैपनि सामाजिक, शैक्षिक, सांस्कृतिक, व्यवसायिक एवं राजनैतिक     समस्याहरूको समाधान गर्न प्रयासरत रहने तथा उनीहरुको हकहितका लागी कार्यशिल रहने ।
३.  नेपाल र संयुक्त अधिराज्य बीच निरन्तर रहदैं आएको असल सम्बन्धलाई अझ बढी मजबुत बनाउदै प्रवासी नेपालीहरूको समस्या समाधान गर्न बेलायत सरकार, स्थानिय निकाय, अन्र्तराष्ट्रिय सघं सस्था एवं नेपालका संबन्धित निकायहरूसंग सम्पर्क राखी समस्याको निराकरणतर्फ प्रयास गर्ने ।
४.   प्रवासमा रहेर पनि नेपालको राष्ट्रियता, बहुःदलिय प्रजातन्त्र एवं नेपाली जनताको सार्वभौम अधिकार, मानव अधिकार एबं मानब मात्रको कल्याणको लागि सम्पूर्ण रुपले कृयासिल रहने ।
५.    प्रवासी नेपाली जनतामा आइपर्ने बिभिन्न दुःख, विपत्ति, दैवी संकट जस्ता अवस्थामा सक्दो सहयोग पुर्याउने
६.    राष्ट्रिय, अन्तर्राष्ट्रिय मावनअधिकारवादी संघ संस्थासंग सम्पर्क कायम गरी नेपालमा मावनअधिकारको सुदृढ एवं प्रवर्धनका लागि कार्य गर्ने ।

परिच्छेद १
प्रारम्भिक
 
१. संक्षिप्त नाम र प्रारम्भः

 यस संस्थाको नाम "नेपाली जनसम्पर्क समिति, संयुक्त अधिराज्य" रहनेछ । यसलाई अंग्रेजीमा ९ल्भउबष् िएभयउभि ऋय-यचमष्लबतष्यल ऋommष्ततभभ, ग्लष्तभम प्ष्लनमom० छोटकरी मा ल्एऋऋ ग्प् भनिने छ ।

२. परिभाषाः

 विषय वा प्रसागले अर्को अर्थ नलागेमा यो विधानमा,
 -क) विधान भन्नाले जनसम्पर्क समितिको विधान २०६३ सम्झनु पर्दछ ।
 -ख) नियमावली भन्नाले यस विधान अन्तर्गत बनेका नियमहरू सम्झनु पर्दछ ।
-ग)   केन्द्र भन्नाले नेपाली कांग्रेस केन्दि्रय कार्यसमिति तथा कार्यालय लाई जनाउनेछ ।
 -घ) संस्था वा समिति भन्नाले नेपाली जन सम्पर्क समिति, संयक्त अधिराज्यलाई सम्झनु पर्दछ ।
 -ड.) समिति भन्नाले विधानको दफा १३ मा गठित  नेपाली जनसम्पर्क समितिको कार्यसमितिलाई जनाउने छ ।
 -च)   क्षेत्रिय समिति भन्नाले यस बिधानको दफा १७ अनुसार गठित समितिलाई जनाउनेछ ।
 -छ)  तोकिएको वा तोकिएवमोजिम भन्नाले यस विधान अन्तर्गत बनेका नियमहरुमा तोकिए वमोजिम वा समितिको निर्णयबाट तोकिएको वा तोकिए वमोजिम सम्झनु पर्दछ ।
 -ज   प्रवासी नेपाली भन्नाले संयुक्त अधिराज्यमा बसोवास गर्ने नपाली मुलका सबै नेपाली सम्झनु पर्दछ ।
 -झ)  भातृ संस्था भन्नाले यस समिति अन्र्तगत रहने गरि बेलायतमा दफा परिच्छेद ५ को दफा १७ मा उल्लेख भए अनुसार गठित संस्थाहरुलाई जनाउनेछ ।
 -ञ्ा)  सकृय सदस्य भन्नाले नेपाली जनसम्पर्क समिति, बेलायतको सिफारिसमा नेपाली कांग्रेसवाट सकृय सदस्यता प्राप्त ब्यक्तिलाई जनाउदछ ।

 

 
Untitled Document
Janasampark Samiti UK 2003- 2008 - All Rights Reserved सम्पर्क:  info@npccuk.org
Design & Maintenance by Chiran Sharma (www.nepalbritain.com)