नेपाली जनसंपर्क समिती बेलायतले नेपाली जनआन्दोलनका शिखर पुरुष, संघीय लोक्तान्त्रिक नेपालका स्रजक, युगपुरुश, नेपाली काङ्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री श्री गिरिजा प्रसाद कोइरालाको तेर्ह्रौ पुण्य तिथीको अवशर पारेर भब्य श्रद्धान्जली सभा मिती २०१० अप्रिल ०४ का दिन अल्डरसट स्थित गोर्खा भेटघाट रेस्टुरेन्ट मा नेपाली जनसंपर्क समितिका सभापति श्री लोक गुरुङ को अध्यक्ष्यतामा सम्पन्न भयो।
सो कार्यक्रममा प्रमुख अतिथीको आसन बाट बोल्नुहुँदै नेपाली राजदुतावासका कार्यवहाक राजदुत श्री झबिन्द्र अर्यालले गिरिजा प्रसाद कोइराला एक कुशल कुट्नितिज्ञ तथा कुशल राजनेता हुनुहुन्थ्यो भन्नु भयो। वहाँले युगपुरुष श्री गिरिजा प्रसाद कोइरालाको एकता र सहमतीको राजनीति को आवश्यकता नेपालमा मात्र नभै पुरा विश्वमा नै रहेको बताउनु भयो। सोही श्रद्धान्जली कार्यक्रममा बोल्नुहुँदै लेबर पार्टिका प्रतिनिधि जोन एथनले नेपाली कांग्रेस पार्टी र लेबर पार्टी सहयात्री पार्टी भएकोले नेपाली कांग्रेस पार्टी प्रती हमेशा सहयोग र सद्भाव रहने बताउनु भयो। साथै शान्ती प्रकृयाका नायक को देहावाशान प्रती गहिरो शोक प्रकट गर्नु भयो।
त्यसै गरी लिबरल पार्टिका प्रतिनिधि एड्रियन कालेक्ट ले श्रद्धासुमन ब्यक्त गर्दै नेपाली राजनीतिका नायक श्री गिरिजा प्रसाद कोइराला वास्तवमा नोवल शान्ती पुरस्कारका लागि योग्य हुनुभएकाले आफ्नो तर्फ बाट सक्दो सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो।
नेपाली जनसंपर्क समितीका सल्लाहकार श्री सम्पूर्णनन्द ढुंगानाले युगपुरुश श्री गिरिजा प्रसाद कोइराला एक मात्र यस्ता नेता हुनुहुन्थ्यो जो नेपालको सर्भौम्तालाई सुरक्षित राख्न नेपाली लाई जतिय,लिङ्गिय र क्षेत्रिय हिसाबले एक राख्न सक्षम हुनुहुन्थ्यो। उहाले माओवादी नेता प्रचन्ड लाई दिनुभएको जिम्मा सरकार परिवर्तनको लागि नभएर संबिधान लेखन र शान्ती प्रकृयाका तार्किक निस्कर्शमा पुर्यौउने हो भन्नु भयो। त्यसै गरी समिती का अर्का सल्लाहकार श्री विश्व आदर्श पण्डितले भन्नु भयो युगपुरुश श्री गिरिजा प्रसाद कोइरालाले नै माओवादी लाई नयाँ जीवन दिनुभएको हो। वहाँ ले भन्नु भयो, लोकतान्त्रिक योद्धाको देहावासान ले नै प्रस्ट परेको छ कि वहाँ को उचाइ देश र अन्तराष्ट्रिय जगतमा कुन उचाइ मा छ। उहाले शुरु गर्नु भएको शान्ती प्रकृया लाई सफल बनाउनु नै उहा प्रतिको सच्चा श्राद्धान्जली हुने बताउनु भयो। सो कार्यक्रममा बोल्नुहुँदै नेपाली जनसंपर्क समितीका संस्थापक सभापति श्री पुरुशोतम पौडेलले भन्नु भयो, देश एक भएर अगाडि बढे प्रतिगमनकारी ले टाउको उठाउने अवस्था नरहने तथा शान्ती प्रकृया निस्कर्शमा पुग्नुका साथै युगपुरुश प्रती सच्चा श्रद्धान्जली हुने छ।
सो कार्यक्रममा बोल्नुहुँदै पूर्वमहामन्त्री श्री राजकुमार त्रिपाठीले युगपुरुश श्री गिरिजा प्रसाद कोइरालाको सहमती र सहकार्यको निती बमोजिमनै ब्यक्तिगत स्वार्थ त्यागी सहमतीका साथ अघी बढ्नु पर्ने आवश्यकता रहेको बताउनु भयो। कार्यक्रममा सभापतिको आसन बाट बोल्नुहुँदै समितिका सभापति श्री लोक गुरुङले नेपाली काङ्रेस तथा नेपाली राजनीति पार्टीहरुले समयमा नै लोक्तान्त्रिक संबिधान निर्माण गरी देशलाई एक ढिक्का बनाई लैजान सके साच्चो अर्थमा युगपुरुश प्रती श्रद्धान्जली हुने कुरा बताउनु भयो। उहाले लोकतन्त्रका नायक, युगपुरुश स्व श्री गिरिजा प्रसाद कोइराला प्रती श्रद्धन्जलीका लागि नेपाली कङ्रेस पार्टी संस्थागत रुपले मिले अगाडि बढ्नु पर्ने बताउनु भयो। दिप प्रज्वलन, राष्ट्रिय गान तथा मौन धारण बाट शुरु गरिएको सो कार्यक्रममा नेपाली लोक्तान्त्रिक मन्च बेलायतका तर्फ बाट शशी पौडेल, प्रगतीसिल नेपाली समाज बेलायतका रण बहादुर के सि, यती युके का कमल भण्डारी,नेपाल भुतपुर्ब सैनिक संघका भोज गुरुङ, ग्रेटर नेपालीज कम्युनीटीका गंगा अधिकारी लगायतले बोल्नु भएको थियो।
सो कार्यक्रम समितिका महामन्त्री श्री शान्तबिनोद लामिछाने ले सन्चालन गर्दै नोबेल शान्ती पुरस्कारका लागि युगपुरुश श्री गिरिजा प्रसाद को पक्षमा लबिङ गर्न बिदेशी नेता समक्ष अनुरोध गर्नु भएको थियो। सो कार्यक्रममा सोसिलिस्ट इन्टरन्यासनलका महासचिब लुइस आइलाले नेपाली जनसंपर्क समिती बेलायतलाई पठाउनु भएको शोक सन्देश पढेर सुनाइएको थियो। सो कार्यक्रममा उपस्थित अतिथीहरुलाई समितीका सहमहामन्त्री श्री राज पाठक ले स्वागत गर्नु भएको थियो भने समितीका अर्का सहमहामन्त्री श्री विश्व घिमिरेले समितिका तर्फ बाट १३ औ दिनको प्रसाद ग्रहण तथा श्रद्धान्जलीका लागि उपस्थित सम्पूर्ण ब्यक्तित्व तथा सहयोग गर्ने सहयोगी ब्यक्तीहरुलाई धन्यवाद दिनुभएको थियो। कार्यक्रममा समितीका सदस्य श्री चिन्तन पौडेलले युगपुरुश श्री गिरिजा प्रसाद कोइरालाको जीवनी को स्लाइड सो प्रस्तुत गर्नु भएको थियो।
नेपालब्रिटेन डट् कम् संवाददाता
05 April, 2010