Untitled Document
गृह पृष्ठ | हाम्रो बारेमा | विधान | तपाईको प्रतिक्रिया | Admin 
 
Untitled Document
नेपाली जनसम्पर्क समिति, संयुक्त अधिराज्य

नंया विधान

http://npccuk.org/bidhan.pdf

 
नेपाली कांग्रेस
नेपाली कांग्रेस केन्द्र
नेकपा माओबादी
राप्रपा नेपाल
ईमेल
नेपाली जनसंपर्क समिती America
निर्वाचन प्रकृया
मतदाता नामावली
उम्मेद्धवारी दर्ता फारम
उम्मेद्धवारी फिर्ता फारम
निर्वाचन तालिका
निर्वाचन नियमावली
नेपाली काङ्रेसका सभापति
कृष्ण प्रसाद भट्टराई
गिरीजा प्रसाद कोइराला
बिश्वेश्वर प्रसाद कोइराला
न्यूज गतिविधि
दलहरुको अनिर्णायक बहस
राष्ट्रपति
संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल
 
 
जनसम्पर्क समितिको बारेमा नेपाली काँग्रेसको विधानले गरेको व्यवस्था
 

जनसम्पर्क समितिको बारेमा नेपाली काँग्रेसको विधानले गरेको व्यवस्था

१४. विदेश क्षेत्रका नेपाली जनसम्पर्क समितिको गठन र प्रतिनिधित्व :
(१) नेपाली कांग्रेसको उद्देश्य र आदर्शप्रति प्रतिवद्ध र समर्पित रहने विदेशस्थित नेपाली नागरिकहरूले पार्टीको केन्द्रीय कार्यसमितिको स्वीकृति लिई विदेशस्थित नेपाली जनसम्पर्क समिति गठन गर्न सक्नेछन् ।
(२) पार्टीले तोकेको शर्त पूरा गर्ने यस्ता संस्थालाई नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिले मान्यता प्रदान गर्न सक्नेछ ।
(३) नेपाली जनसम्पर्क समितिको विधान नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिबाट स्वीकृत हुनु पर्नेछ । नेपाली कांग्रेस केन्द्रीय पर्यवेक्षकको उपस्थितिमा जनसम्पर्क समितिको नियमित अधिवेशन हुनुपर्नेछ । सो अधिवेशनद्वारा पार्टीको महाधिवेशन, महासमितिका लागि पार्टी केन्द्रीय कार्यसमितिले तोकेको संख्यामा अध्यक्षसहित महाधिवेशन प्रतिनिधि र महासमिति सदस्यको चयन गर्ने व्यवस्था जनसम्पर्क समितिको विधानमा हुनुपर्नेछ ।
(४) पार्टीको महाधिवेशन हुनुभन्दा दुई महिना अगावै पार्टीको केन्द्रीय कार्यसमितिले महाधिवेशन प्रतिनिधि तथा महासमिति सदस्य पठाउन सक्ने विदेशस्थित नेपाली जनसम्पर्क समितिहरूको नाम संख्याका बारेमा निर्णय गरी जानकारी दिनेछ । यसरी महाधिवेशन प्रतिनिधि तथा महासमिति सदस्य पठाउन सक्ने नेपाली जनसम्पर्क समितिले देहायबमोजिम गर्नु पर्नेछ ।
(१) नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिले मान्यता प्रदान गरेका विदेशस्थित नेपाली जनसम्पर्क समितिले पार्टी केन्द्रीय कार्यसमितिले तोकेको संख्यामा महाधिवेशन प्रतिनिधि र महासमिति सदस्य पठाउन सक्नेछन् । तर त्यसरी प्रतिनिधि तथा सदस्य तोक्दा कम्तिमा पाँच सय क्रियाशील सदस्य भएका जनसम्पर्क समिति र दुई हजार भन्दा बढी क्रियाशील सदस्य भएका जनसम्पर्क समितिबाट फरक फरक संख्यामा महाधिवेशन प्रतिनिधि र महासमिति सदस्य तोक्न सक्नेछ ।
(२) उपधारा ४ (१) बमोजिम पार्टी केन्द्रीय कार्यसमितिले विदेशस्थित जनसम्पर्क समितिबाट महाधिवेशन प्रतिनिधि संख्या तोक्दा एउटा देशबाट बढीमा चौध जनाभन्दा बढी जनसम्पर्क समितिबाट प्रतिनिधि गराउने गरी तोक्न सक्नेछैन ।
(३) विदेश स्थित नेपाली जनसम्पर्क समितिले सात जना महाधिवेशन प्रतिनिधि छनोट गर्न पाउने अवस्थामा अध्यक्ष सहित महाधिवेशन प्रतिनिधिहरूमध्येबाट तीन जनालाई महासमितिको सदस्यमा छनोट गर्न सक्नेछ । चौध जना महाधिवेशन प्रतिनिधि छनौट गर्न पाउने अवस्थामा महाधिवेशन प्रतिनिधिहरूमध्येबाट अध्यक्ष सहित छ जनालाई महासमिति सदस्यमा छनोट गर्न सक्नेछ ।

(५) विदेश स्थित नेपाली जनसम्पर्क समितिको हकमा सार्क मुलुकहरूमा रहने नेपाली कांग्रेसको क्रियाशील सदस्यता शुल्क रू ३२०।? (तीन सय बीस), जापान, युरोप, अष्ट्रेलिया, अमेरिका, दक्षिण कोरिया, हङकङमा अमेरिकी डलर २५ (पच्चीस) बराबर र खाडी मुलुक र मलेसियामा अमेरिकी डलर ५ (पाँच) बराबर सदस्यता शुल्क लाग्नेछ । विदेशस्थित जनसम्पर्क समितिले नेपाली कांग्रेसको क्रियाशील सदस्यताको सिफारिससाथ शुल्क सहित केन्द्रमा नामावली पठाउनुपर्नेछ । जनसम्पर्क समितिबाट सिफारिस भएका व्यक्तिको क्रियाशील सदस्यता केन्द्रबाट स्वीकृत नभएमा त्यस्ता व्यक्तिको शुल्क जनसम्पर्क समितिमा फिर्ता पठाइनेछ । यस विधानमा जेसुकै लेखिएको भएपनि विदेशस्थित नेपाली जनसम्पर्क समितिले सक्रिय सदस्यता नवीकरण गर्दा क्रियाशील सदस्यता शुल्कको आधा रकम नवीकरण शुल्क लिई क्रियाशील सदस्यता नवीकरण गर्नुपर्नेछ । त्यस्तो नवीकरण शुल्कमध्ये तोकिएबमोजिमको रकम केन्द्रमा पठाउनु पर्नेछ ।

 
अन्य शीर्षक
नेपाली जनसंपर्क समिती यूकेद्वारा श्रद्धान्जली सभा आयोजना
नेपाली जनसम्पर्क समिति वेलायतले महानायक तथा युगपुरुष गिरीजा प्रसाद कोइरालाको निधनमा शोक ता अन्त्येष्ठि कार्यक्रमको आयोजना
जनसम्पर्क समितिको बारेमा नेपाली काँग्रेसको विधानले गरेको व्यवस्था
नेपाली जन सम्पर्क समिति बेलायतको कार्य समितिको बैठक सम्पन्न
जनसम्पर्क समिति वेलायतको दोस्रो अधिवेसन सम्पन्न
तरुण दल यूकेद्धारा प्रचण्डको भनाईको भत्सना
नेपालको संबिधान र संघियता बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न
३२ औं राष्टिय मेलमिलाप दिवस सम्मान
लोकतन्त्र बिरुद्ध हुनसक्ने षडयन्त्र प्रति चनाखो हुन जनसर्म्पक समिती युकेको आव्हान
बिभिन्न अनलाइनमा प्रकाशित समाचारहरु
Untitled Document
© Janasampark Samiti UK 2003- 2008 - All Rights Reserved सम्पर्क:  info@npccuk.org
Design & Maintenance by Chiran Sharma (www.nepalbritain.com)