२१ फागुन, काठमाडौं । नेपाली काङ्ग्रेसले संस्थापक नेता कृष्णप्रसाद भट्टराईको निधनको शोकमा स्वदेश र विदेशस्थित पार्टी कार्यालयमा पार्टीको झण्डा तेह्र दिनसम्म आधा झुकाउने निर्णय गरेको छ । ललितपुरको बाँडेगाउँस्थित भट्टराई आश्रममा शनिबार विहान बसेको काङ्ग्रेस नेताहरुको आकस्मिक बैठकले यस्तो निर्णय गरेको हो ।